सुजाता कोइराला नेपाल छाड्दै

राजनीति

नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ। आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन्।

अहिले सुजाताले नेपाल छाड्ने र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने योजना बनाएकी छिन्। त्यसनिम्ति सुजाताले काठमाडौँस्थित बेलायती दूतावासमा दश वर्षे भिसाको लागि आवेदन दिएकी छिन्।

बेलायतले सामान्यतय नेपालीलाई दश वर्षे भिसा नदिने भए पनि सुजाताले विभिन्न ‘च्यानल’ मार्फत यसका लागि पहल गरिरहेको समाचारमा उल्लेख छ। प्रवेशाज्ञा मिल्ने बित्तिकै उनी मुख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छाड्ने तयारीमा रहेकी छिन्।
आजको घटना र विचार साप्ताहिकमा समाचार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *