ग्रिजम्यानले बार्सिलाेनाकाे हार टारे, नापाेलीसँग बराबरीमा राेकियाे

खेलकुद

काठमाण्डाै –

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगमा बार्सिलोना नापोलीसँग एक–एक गोलको बराबरीमा रोकिएको छ ।

नापोलीको मैदानमा भएको खेलमा एन्टाेइन ग्रिजम्यानले गोल गर्दै बार्सिलानालाई हारबाट जाेगाएका थिए । खेलको ३०औँ मिनेटमा ड्राइज मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नापोलीले अग्रता कायम राखे पनि खेलकाे ५७औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा पुर्‍याए र बार्सिलाेनाकाे हार टारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *